No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘गो ब्याक चाइना’ भन्दै माइतीघरमा जुटे युवा

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ७, २०७७
in पत्रपत्रिका, समाचार, हेडलाइन
0
‘गो ब्याक चाइना’ भन्दै माइतीघरमा जुटे युवा
Share on FacebookShare on Twitter

काठमाडौं । उत्तरको छिमेकी मुलुक चीनले नेपालको भूमि मिचेको भन्दै शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।

स्वतन्त्र युवाको समूहले प्रदर्शनमा ‘गो ब्याक चाइना’, ‘नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’ जस्ता लेखेका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

स्वतन्त्र नागरिक समूहको नाममा प्लाकार्ड बोकेका उनीहरूले नेपालको भू–भाग चीनले मिचेको आरोप लगाउँदै फिर्ता गर्न माग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा आएका युवाहरूले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताएका थिए ।

केही दिनअगाडि हुम्लास्थित नेपाली भूमिमा चीनले निर्माण कार्य गरिरहेको समाचार बाहिरिएको थियो । यद्यपि, नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पार्नुभएको थियो भने चिनियाँ दूतावासले पनि एक विज्ञप्ति जारी गर्दै आफूले नेपालको भूभाग अतिक्रमण नगरेको बताएको थियो ।

चिनियाँ अधिकारीहरूले नेपाली भूमि नमिचिएको दाबी गरेका छन् । नेपाल चीन सीमावर्ती क्षेत्र हुम्लाको लिमीमा चीनले भूमि मिचेको भन्ने कुरा सही नभएको चिनियाँ सरकारी अधिकारीहरूको दाबी छ । अधिकारीहरूले हालै चीनले निर्माण गरेको नयाँ गाउँ चीनको अलिक बुराङ भन्ने स्थानमा पर्ने बताएका छन् । नेपाल–चीन सीमा क्षेत्रनजिकै चीनले भवन निर्माण सुरु गरेपछि नेपालमा विवाद सुरु भएको थियो ।

विगतमा भारतले सीमा अतिक्रमण गरेको विरोधमा प्रदर्शन हुँदै आएको भए पनि पछिल्लो समय चीनको समेत विरोधमा प्रदर्शन हुन थालेको छ । आजको हिमालय टाइम्स दैनिकमा खबर छ ।

ShareTweetPin
Previous Post

मुक्तिनाथ विकास बैंक युरोपियन अवार्डबाट पुरस्कृत

Next Post

‘जनताको नारा राजा नै प्यारा’ भन्दै राजधानीमा प्रदर्शन

Next Post
‘जनताको नारा राजा नै प्यारा’ भन्दै राजधानीमा प्रदर्शन

‘जनताको नारा राजा नै प्यारा’ भन्दै राजधानीमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.