काठमाडौ । मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत भएको छ । अवार्डसँगै बैंकले एक लाख युरो प्राप्त गरेको छ ।
बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका आधारमा उक्त पुरस्कार दिइएको हो ।
उक्त पुरस्कारको लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी पुरस्कार दिएको हो ।
पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
बैंकले ४२ जिल्लामा रहेका १३८ ओटा शाखामध्ये ११८ ओटा शाखामार्फत् साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेकोछ । जसमा १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने १७ अर्बभन्दा बढी लगानी भएको जनाइएको छ ।