रामधुनी । उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व विधिवत रुपमा आज सम्पन्न भएको छ ।नहाखाय र खरना विधि सकेर हिजो ( शुक्रबार) साँझ घरनजिकको पोखरी, नदी, सरोवरलगायत वा घरघरमा बनाएका अस्थायी छठघाटमा पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ सम्पन्न भएको हो ।
छठ पुजामा बाँसको सुपुलीमा नरिवल, केरालगायत विभिन्न पूजा सामग्री राखी अर्घ्य दिने गरिन्छ । यो बर्ष बुधबार शुरु भएको छठको पहिलो दिन ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक पूजा विधि सुरु गरेका व्रतालुहरूले बिहीबार ‘खरना’ विधिअनुसार पूजा गरेका थिए ।बुधबार खरना विधिमा व्रतालुहरूले घरघरमा छठी माताको पूजा गरेर दूध र गुड हालेर पकाइएको खीर फलफुल र पुरी खाने चलन रहेको छ । यसकै भरमा व्रतालुहरू भोलिपल्ट दिनभर निर्जल र निराहार व्रत बस्छन् । अस्ताउँदो र उदाउँदो सूर्यको उपसना गरेपछि छठ पर्व सम्पन्न हुन्छ ।

यो बर्ष कोरोना संक्रमणका कारण छठको रौनक भने कम भयो । सरकारले कोरोनाका कारण जारी गरेको निशेधाज्ञाका कारण अधिकांश ब्रतालुहरुले नदी तथा तालतलैयाका नभएर आफ्नो घरको छतमा परिवारका सदस्यहरु भेला भएर छठ पूजा गरेका छन् । भने केहि ब्रतालुहरुले घर नजिकै सानो पोखरी बनाएर छठ पुजा गरेका छन् ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here