काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

डिस्चार्ज हुने बडेसंगै नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन् । अहिले देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका २२ संक्रमितले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here