विराटनगर । प्रदेश १ का प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले प्रहरी कर्मचारीलाई प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

प्रदेशका सबै प्रहरी कार्यालय प्रमुखहरूले चार महिनाको कार्य सम्पादनको प्रगती विवरण सार्वजनिक कार्यक्रममा उनले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमि कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट जनमानसमा उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममै संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले वस्तुनिष्ठ र पारदर्शी अपराध अनुसन्धानमा सबै प्रहरी व्यवसायिक रूपले कर्तव्यनिष्ठ भई काम गर्नु पर्ने बताए ।कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, ईलाम, धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here