रामधुनी । विश्वमा पहिलो पटक कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको एक वर्ष पुरा भएको छ । गएको वर्ष नोभेम्बर १७ मा चीनको वुहानमा पहिलो संक्रमित भेटिएको चिनियाँ सरकारी अधिकारीले बताएका छन् ।

चिनियाँ अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरे अनुसार नयाँ भाइरसको संक्रमणबारे आम रुपमा जानकारी गराउनुअघि नै कम्तिमा २ सय ६६ जनामा भाइरस सरिसकेको थियो ।

तर, चीन सरकारले डिसेम्बर ८ मा पहिलो संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठनलाई आधिकारिक रुपमा जानकारी गराएको थियो ।

कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा अहिलेसम्म ८६ हजार ३ सय ६१ जना संक्रमित छन् । जसमध्ये ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ८१ हजार ३ सय ७४ जना निको भएका छन् ।

अहिले चीनमा ३ सय ५३ जना सक्रिय संक्रमित रहेकामा ३ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

अहिलेसम्म विश्वभर ५ करोड ५९ लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ८९ लाख भन्दा धेरै निको भएका छन् । उपचार गराइरहेका एक लाखको अवस्था जटिल भए पनि अरुको अवस्था सामान्य छ ।

क्लिक गरेर हेर्नुहोस कुन देशमा कति छन् संक्रमित

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here