विराटनगर । मोरगको लेटांग ९ जाँतेमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय लेटांग वाट गएको प्रहरी टोलीले सोयता मगरको घरमा जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ददिराम पौडेल, निर्मल मगर, रन्जित गजमेर, नरध्वज खडका, चन्द्र वहादुर गौतम, श्रीकुमार पुलामी मगर र यमकुमार शेर्पा रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यहाँ वाट एक लाख ८८ हजार ७ सय ४५ रुपियाँ समेत वरामद गरिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here