रामधुनी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको १९ औ साधारण सभा मंशिर १३ गते हुने भएको छ ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संस्थाले आफ्ना शेयर सदस्यहरुलाई संस्थाले गरेको प्रगति विवरण शेयर सदस्य समक्ष पुर्याउने उद्देश्यले मंशिर १३ गते शनिबार विहान ११ बजेदेखी इटहरीको एरिना टेलिभिजन, सुनसरी सामुदायिक रेडियो र संस्थाको अफिसियल फेशबुकबाट प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।
संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आफुलाई पायक पर्ने स्थानमा साधारण सभामा उपस्थितिका लागि दस्तखत गर्न आग्रह समेत गरेको छ ।
संस्थाले तोकेका दस्तखत सङ्कलन केन्द्र हरुसंस्थाको साधारण सभामा छलफल हुने प्रस्तावित विषयहरू
१. आ.व. ०७६/७७ को प्रगति प्रतिवेदन सम्बन्धमा ।
२. आ.व. ०७७/०७८ को प्रस्तावित कार्यक्रम सम्बन्धमा ।
३. आ.व. ०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा ।
४. आ.व. ०७७/०७८ को वार्षिक बजेट सम्बन्धमा ।
४. आ.व. ०७७/७८ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा ।
५. ले.सु.स. को प्रतिवेदन सम्बन्धमा ।
६. संस्था एकीकरण सम्बन्धमा ।
७. बिनियम संशोधन सम्बन्धमा
८. विविध
नोट:
क) लघुवित्त केन्द्र अन्तर्गतका सदस्यहरूको दस्तखत सम्बन्धित केन्द्रबाट नै संकलन गरिने छ ।
ख) दस्तखत गर्न उपस्थित हुने सदस्यज्यूहरुले आफ्नो बचत पासबुक वा सेयर प्रमाण पत्र अनिवार्य लिई आउनुहुन अनुरोध छ ।
ग) साधारण सभाको निर्णय प्रमाणित गर्नका लागि इच्छुक सदस्यहरुले आफ्नो नाम, ठेगाना, सदस्य नं. र सम्पर्क नं. सम्बन्धित दस्तखत संकलन केन्द्रमा टिपोट गराइदिनुहुन अनुरोध छ ।