मिक्लाजुङमा आगलागी, साढे तीन लाख बराबरको क्षति

मिक्लाजुङ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ६ मेवाखोलामा आगलागी हुदाँ साढे तीन लाख बराबरको क्षति भएको छ ।

आइतबार बिहानको समयमा स्थानिय धनराज लिम्बूको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा पूर्णरूपमा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.