रामधुनी । आज गाई तिहार हिन्दु धर्ममा गाईलाई आमाको रुपमा पुजा गरिन्छ । गाई जिँउदो देवीको प्रतिक पनि हो । हिन्दुहरुमा गाईको पुजा गर्ने बिशेष दिन छ । लक्ष्मीपुजाका दिन बिहान गाईलाई आँगनमा बाँधी तेल अगाई सयपत्री र मखमली फूलको माला लगाई, पिठाका परिकारहरु वनाएर खुवाइन्छ र पुजा गर्ने गरिन्छ ।
पशुपालन तथा खेतिपाती गर्नेहरु हरेकसंग गाई हुने हुनाले उनिहरुले गाईको पुजा गर्नु स्वभाविक लाग्छ । तर गाई वस्तु नपाल्ने हिन्दुहरु समेत यस बिशेष दिनमा गाईको पुजा गर्दछन् । जो संग गाई छैन उनिहरु गाई हुनेकामा गएर पुजा गर्दछन् । यदि कोहि अशक्त भै अर्काकोमा जान नसक्ने भए गाईको प्रतिक बनाएर र प्रतिमा पनि बनाउन नसके लिपेको आगनमा गाईको गोवरराखी त्यसैलाई गाई मानेर पुज्ने गर्दछन् । हिन्दू बुढा पाकाहरु गाई बाँधेको डोरी समेत नाघिएला भनेर तर्किएर हिड्ने चलन अहिलेपनी रहेको छ ।
हिन्दुहरुले गाईको पुजा मात्र गर्ने होइन कि गाईकै गोवरले घर लिप्ने र गाईको गउँत छर्किएर जुठो सुतकले असुद्घ भएको घर सुद्घ बनाउने र गाई कै मुत्र पान गरि सरीर सुद्घ गर्ने गर्दछन् ।
यसरि गाईको पुजा गर्नु र गाई कै मुत्रले असुद्घता सुद्घ पार्नु र मुत्रपान गरि सरीर सुद्घ भएको ठान्नु अन्य धर्मावलम्वीहरु र विशेष गरी गाईको महत्व नबुझ्नेहरुका लागि हिन्दुहरुको गाई प्रतिको आसक्ती हास्यास्पद साथै मुर्खकार्य जस्तो लाग्छ । हिन्दु धर्म बाहेक अन्य धर्मका मानिसहरु बिशेषगरी क्रिस्चियन र मुस्लिमहरुमा गाईको बध गर्ने र मासु खाने चलन कायम छ ।
आजकलका अधिकांश हिन्दुहरु सिमेन्ट अथवा काठका घरमा बस्दछन् । यस्ता घरहरु दैनिकरुपमा लिप पोत गर्न पर्दैन । शहर तथा गाँउका यस्ता घरहरुमा बस्ने हिन्दु युवाहरु नै गाई प्रतिको पुर्खाहरुको मोह र गाईको मुत्रको सेवनलाई अर्थहिन ठान्दछन् । तसर्थ यस लेखले हिन्दुहरुमा गाई पुजा गर्ने र गाईको मुत्र पान गर्ने संस्कृति कसरि बन्यो ।
गाईको पुजा गर्नु र गाईको मुत्र पान गर्नु के गलत वा अर्थहिन कार्य थियो रु हिन्दुहरु विकास भएको समाज तथा दैनिक जीवन कस्तो थियो रु त्यसवेला गाई खाने र जोगाउनेका वीचमा समाजमा युद्घ पनि भयो कि रु के हिन्दु धर्ममा सवै जातका गाईको समान महत्व छ रु यस आलेखमा मानवशास्त्रीय दृष्टिकोणले उल्लेखित सवालहरुलाई स्पष्ट पार्ने प्रयत्न गरिएको छ ।
Спасибо, давно искал
_________________
[URL=https://ua.onlinebestrealmoneygames.xyz/grati-u-igrovi-avtomati-bezkoshtovno-bez-reiestracii/]Грати у ігрові автомати безкоштовно без реєстрації[/URL]
Заработок, благодаря рекламе в Pinterest https://youtu.be/TT31RsoY5x0 от 7000 до 100 000 usd в месяц в Etsy
Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!