सदाबहार राष्ट्रिय टिकटकको उपाधी सरितालाई (भिडियो सहित)

रामधुनी । इलामकी सरिता राईले सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिताको उपाधी हात पारेकी छिन् । उनले ४०० प्रतियोगिलाई उछिन्दै टिकटकको उपाधि हात पारेकी हुन् ।

गत भाद्र १३ गतेदेखी संचालन भएको प्रतियोगीतामा ४ सय जनाले प्रतिस्पर्र्धा गरेका थिए । सदाबहार मिडियाको फेसबुक पेजमा राखिएको टिकटक भ्युजको आधारमा टप १०० हुदै २० जना छनोट गरिएको थियो ।

टप १५ दर्शकको भोटिङको आधारमा छान्दै क्रमश १०, ५ हुदै टप ३ छनोट गरिएको थियो । टप ३ बाट दर्शकै भोटिङको आधारमा सर्वोकृष्ट प्रतियोगीको छनोट गरिएको हो ।

सदाबहार मिडियाले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिलाई पुरस्कृत गरेको छ । प्रतियोगितामा पहिलो इलामकी सरिता राई भइन् भने क्रमश दोश्रो, तेश्रो मोरङकी निरुपा भण्डारी, सुन्सरीका सागर लामिछाने भएका थिए ।
राष्ट्रिय सभा सदस्य माननीय प्रमिला यादवले प्रतियोगीलाई पुरस्कार वितरण गरेकी थिईन् ।

प्रथम हुनेलाई एक लाख पचास हजार तथा पाँच लाखको जिवन विमा पुरस्कृत गरिएको थियो, दोश्रोलाई एक लाख तथा पाँच लाखको जिवन विमा, तेश्रो हुनेलाई पचास हजार तथा पाँच लाखको जिवन विमाको साथमा प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वेलका नगपालिकाकी उपप्रमुख राजकुमारी चौधरी, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसस्थाका प्रतिनिधी लागायतको सहभागीता रहेको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.