No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागु गराउछु : मन्त्री गुरुङ

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २८, २०७७
in राष्ट्रिय, समाचार, हेडलाइन
0
सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागु गराउछु : मन्त्री गुरुङ
Share on FacebookShare on Twitter

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराउनबाट आफू पछि नहट्ने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासङ्घ साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका पदाधिकारीसँगको भेटमा मन्त्री गुरुङले आफु सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागु गराउनबाट पछि नहट्ने बताएका हुन् । मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै सञ्चारमाध्यममा देखिएका समस्या र श्रमजीवीहरूले भोग्नुपरेका समस्या समाधानका लागि काम गरिरहेको समेत उनले बताए ।

उनले मिडिया सञ्चालकहरु न्यूनतम पारिश्रमिक लागू गराउन सकारात्मक रहेको उल्लेख गर्दै श्रमजीवीहरूले पनि आचारसंहिताभित्र रहेको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड—१९ बाट सङ्क्रमित सञ्चारकर्मीहरूको सरकारले निःशुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिबद्धता समेत उनले जनाए ।
यस्तै महासङ्घले कोभिड सङ्क्रमणबाट प्रभावित सञ्चारकर्मीहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाएर पत्रकार परिचयपत्र प्रदान, नवीकरण, अनलाइन दर्तासम्मको व्यवस्था गराउनुपर्ने माग सञ्चारमन्त्री गुरुङ समक्ष राखेको छ ।

समानुपातिक विज्ञापन प्रणाली लागू नहुँदासम्म पालिका र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढङ्गले वितरण गर्ने वातावरण मिलाउनु पर्ने र लोक कल्याणकारी विज्ञापनबापतको रकम दोब्बर बढाउनका लागी पहल गरिदिन महासङ्घले आग्रह गरेको हो ।

विभिन्न सञ्चारमाध्यमले पत्रकारलाई निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कत गर्दै आएकोमा त्यसलाई रोकेर कोभिडले समस्यामा परेका सञ्चारगृहलाई पुनर्बहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण मिलाउन पहल गर्न पनि माग गरिएको साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले बताए ।

यस्तै प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यक्रम यथाशीघ्र पहल गर्न, साना लगानीका टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन पहल गर्न पनि महासङ्घले आग्रह गरेको छ । महासङ्घले ६० वर्ष उमेर पुगेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेको ज्येष्ठ सञ्चारकर्मीहरूलाई विशेष कोभिड राहत घोषणा गर्नुपर्ने सहित १३ बुँदे ध्यानाकर्षण पत्र मन्त्री गुरुङलाई बुझाएको छ ।

ShareTweetPin
Previous Post

अवैध रूपमा भन्सार छली ल्याएको पटका बरामद गरी नष्ट

Next Post

सदाबहार राष्ट्रिय टिकटकको उपाधी सरितालाई (भिडियो सहित)

Next Post
सदाबहार राष्ट्रिय टिकटकको उपाधी सरितालाई (भिडियो सहित)

सदाबहार राष्ट्रिय टिकटकको उपाधी सरितालाई (भिडियो सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.