रामधुनी। पछिल्लो २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएकोमा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २ सय ४९ जना संक्रमणमुक्त भएका छन्।
आज देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन् भने हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्।

पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here