रामधुनी । पोखराका सन्चारकर्मी चिरञ्जीवी भुर्तेलको २७ औ शर्ट फिल्म “महामारिको तिहार” रिलिज गरेका छन् । लामो समयदेखी पोखरामा सन्चार क्षेत्रमा कृयासिल भुर्तेलले पछिल्लो समय आफनै YouTube च्यानल मार्फत दर्शकलाई मनोरञ्जनका साथै शन्देस दिइरहेका छन ।

कोरोना महामारीको प्रभाब अनि लकडाउनले गर्दा नेपाली चलचित्र जगतमा परेकाे असरकाे  परिपेक्षमा भुर्तेलले थोरै नै भए पनि आम चलचित्रमा रमाउन चाहने दर्शक हरुलाइ मनोरञ्जन दिने अनि समाज रुपान्तरणको एउटा इट्टा थप्ने काम गरिरहेका छन ।

भुर्तेलले नेपाली हिन्दु धर्मावलम्बीको महान पर्व तिहारको अबसर पारेर कोरोना ले चाडपर्व मनाउन पारेको ज्वलन्त परिबेशमा वास्तविक चित्रण गरेर अर्को शर्ट फिल्म  “महामारिको तिहार” दर्शक माझ प्रस्तुत गरेका हुन । यश शर्ट फिल्म निर्माणमा भुर्तेललाई काठमाडौलाई कर्मथलो बनाइ विभिन्न क्षेत्रमा कृयाशिल सन्जु सुबेदिको साथ मिलेको छ । सुवेदीको लेखन रहेको महामारिको तिहार मार्फत सुबेदिले समाजलाइ एउटा राम्रो शन्देश दिन सफल भएकी छन, लेखक सुवेदी र निर्देशक भुर्तेललाई  लगायत थुप्रै स्थानिय कलाकारहरुको साथ र सहयोग मिलेको छ ।

 

नयाँ कलाकार क्यामरा अगाडि आए पनि भिडियो हेर्दा नयाँ कलाकार नभएर कलाकारिताले खारिएका अनुभबीको आभास दिलाउने भुर्तेल तथा सुवेदीको भनाइ रहेको छ । अर्जुन गैर्हे, सबिता तिवारी, सुर्य मोहन बास्तोला, शान्ती बुढाथोकी , कल्पना भुर्तेल, आकृती लामिछाने, दिछ्या केसि लगयतका कलाकारको प्रमुख भुमिका रहेको फिल्म सि.बि प्रोडक्सनको प्रस्तुति रहेको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here