धरान । धरानमा स्वतन्त्र नागरिक राष्ट्रवादी युवा समाजले राजतन्त्रको माग गर्दै बिहिबार मोटरसाइकल र्याली गर्ने भएको छ । समाजका प्रवक्ता रोशन विश्वकर्माका अनुसार राजसंस्था पुनर्स्थापनाको माग गर्दै २५ सय भन्दा बढि माटरसाइकल सहितको र्यालीले धरान परिक्रमा गरिने भएको हो ।
गणतान्त्रिक व्यवस्थाका नाममा देशमा, भ्रष्टचार, बेथिती, बिसंगती, हिन्दु धर्ममाथीको निरन्तर प्रहार गरी समाजमा विखण्डीत गरेको भन्दै धार्मीक सापेक्षता सहितको हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको प्रवक्ता विश्वकर्माले बताए ।
उनले भने राजाले उदार भएर जनताको मागको सम्बोधन गरेर राजगद्दी छाड्नु भएको थियो । गणतन्त्रका नाममा नेताहरूले समाजमा विभेद र विखण्डनको बिष भरीदिए र उनिहरू भ्रष्टचारमा लिप्त भए ।
सत्तामा पुगेकाहरूले जनताको पसिनामाथी रजाइ गरेर जनतामाथी नै दमन र विभेद गर्नुका साथै आफू अनुकुल परिर्वतन र संशोधन गरी आफ्ना लागी संविधान बनाएको भन्दै हिन्दु राष्ट्र सहितको राजतन्त्र र २०४७ सालको संविधान पुर्नस्थापनाका लागी दवाव सिर्जना गर्न उक्त र्यालीको संसोधन गरिएको प्रवक्ता विश्वकर्माले स्पष्ट पारे ।
र्याली धरान ८ तीनकुनेबाट रत्नचोक, मंगलबारे, गणेशमानचोक, जिरोप्वाइन्ट, छाताचोक हुदै भानुचोकमा आएर समापन हुने बताईएको छ । यस र्यालीका संयोजक दिपेन्द्र कार्की हुन् ।
पछिल्लो केही समययता देशको राजनीति बेथितिको विरुद्धमा विभिन्न स्थानमा र्याली प्रदर्शन भइरहेको छ । युवाहरूको जमातले “राजा आउ देश बचाउझ” भन्ने नारासहित देशभर र्याली विरोध गरिरहेका हुन् ।
मंगलबार बसेको बैठकद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको राजनीतिक अवस्था, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायतका विषयलाई लिएर सरकारविरुद्ध जनसंघर्ष गर्ने निर्णय समेत गरिसकेको हुँदा यस कार्यक्रम निकै फलदायी हुनेमा आयोजक बिश्वस्त रहेको छ ।
प्रबक्ता बिश्वकर्माले देश्मा अबको आवश्यकता राजा मात्र भएकाले राजा आएर देशको अभिभावकत्व लिनुपर्ने भन्दै र्याली गर्न लागिएको हो ।
उनले सम्पूर्ण राष्ट्रवादी तथा नेपाल र नेपालीलाई माया गर्ने मनहरुलाई र्यालीमा उपस्थित हुन आग्रह समेत गरेका छन् । र्याली लाङ्घाली सामुदायिक वनको कार्यलय क्याम्प रोडबाट बिहान ९ बजेदेखी सुरु हुनेछ ।