No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रधानमन्त्री संखुवासभामा, विभिन्न निमार्णकार्यको निरीक्षण

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २६, २०७७
in राष्ट्रिय, समाचार, स्थानीय, हेडलाइन
1
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

file photo

Share on FacebookShare on Twitter

संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गरेका छन् ।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतबारे जानकारी लिएका छन् ।

साथै बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको पनि निरीक्षण गरेका छन् । २०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिए ।

यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

ओलीसँग भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, राष्ट्रिय सभा सांसद परशुराम मेघी गुरुङ, संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्या सिंह शाह पनि रहेका छन् ।

साथै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि प्रधानमन्त्रीको टोलीमा रहनुभएको खबरमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओली अनुगमन सकेर अपह्रान्न काठमाण्डौ फर्कने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । ओली आज बिहान हेलिकप्टरमार्फत संखुवासभा आएका हुन् ।

मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री पहिलो मोफसल भ्रमणको क्रममा संखुवासभामा आएका हुन् ।

Tags: प्रधानमन्त्री
ShareTweetPin
Previous Post

लागुऔषध सहित २ महिला पक्राउ

Next Post

बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

बिर्तामोडबाट प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ

Comments 1

  1. Carlosnok says:
    4 years ago

    Самые лучшие сигналы на IPO в 2021 году только на канале https://t.me/investtimepro. Подписывайся и не пропусти свою лучшую сделку!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.