काठमाडौं । सिनेमा आई एम ट्वान्टी वानको छायांकन रोकिएको छ । सिनेमाको छायांकन रोकिनुको कारण ३ जना सदस्यमा कोरोना संक्रमण देखिनु हो ।

सिनेमाको छायांकनका क्रममा यसको टिम एकसाथ बसेका थिए । घटस्थापनाबाट सुरु भएको सिनेमाको छायांकन फूलपातिमा रोकिएको थियो ।

यसपछि फेरि सिनेमाको काम सुरु भयो । तर, सिनेमाको छायांकन सुरु भएको केही दिनमै टिमका ३ जना सदस्यमका कोरोना देखियो ।

यसपछि भने सिनेमाको काम रोकिएको छ । सिनेमा आई एम ट्वान्टी वानलाई रेनशा वान्तवा राइले निर्देशन गरिरहेकी छिन् । धिरज मगर, जसिता गुरुङ सिनेमाको मुख्य कलाकार हुन् ।

डान्सको कथामा सिनेमा बनेको छ । सिनेमाको काम सुरु हुँदा कोभिडको समस्या देखिने भन्दै नेपाल सरकारले अनुमती दिएको छैन । तर, केही सिनेमाको भने छायांकन सुरु भएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here