लागुऔषध सहित २ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका–८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका–७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.