जो बाइडेनको प्राथमिक्ताः कोरोना नियन्त्रण

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो प्रथामिकता कोरोना भाइरसको सङ्क्रमणसँग जुध्ने रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नुभएका उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा कोरोना भाइरस नियन्त्रणलाई राखेका हुन् ।

अमेरिकामा अब कोरोना भाइरस परीक्षणको दायरा बढाइने छ भने आम नागरिकलाई मास्क लगाउन अनिवार्य गरिने छ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तनलगायत मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रीत गर्ने विषयलाई पनि प्राथमिकतामा राखेका छन् ।

यस्तै बाइडेनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुनः स्वीकार गर्ने, विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बदल हुने भएको अमेरिकाका सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बाइडेनले ट्रम्प प्रशासनले सातवटा देशमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गर्ने तयारी गरेको छ । ट्रम्पले भने केही राज्यमा मतगणना चल्दै गर्दा चुनावमा धाँधली भएको भन्दै अहिलेसम्म हार स्वीकारेका छैनन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.