सोलुखुम्बु । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले उच्च मनोवलका साथ जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, ईलाका प्रहरी कार्यालय(ख) लुक्ला, बिमानस्थल सुरक्षागार्ड लुक्ला र पर्यटक प्रहरी लुक्लाका प्रहरी कर्मचारीहरुलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।
संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा जानकारी दिदै उक्त कार्यादेशको अक्षरस पालन गर्न र कोरोना भाईरसको जोखिम रहिरहेको बर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सोही अनुसार काम गर्न समेत आग्रह गरे।