रामधुनी । महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार देशभर किशोरीहरुले प्रदर्शन गरेका छन् । विभिन्न क्षेत्रमा आबद्ध किशोरीहरुले कालो पट्टी बाँधेर, प्लेकार्ड तथा ब्यानरसहित सातै प्रदेशमा प्रदर्शन गरेका हुन् ।
‘अझै कति सहने रु’ नामक स्वतन्त्र अभियानको आह्वानमा प्रदर्शनमा किशोरीहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्लेकार्ड बोकेका थिए ।
इटहरीस्थित खनारमा पनि शनिबार बलात्कारविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझै कति सहने’ अभियान अन्तर्गत गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । उनीहरुले आँखामासमेत कालो पट्टी बाँधेका थिए ।
उनीहरुले बलात्कारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनसमेत गरेका थिए । ७७ वटै जिल्लामा एकै साथ भएको कार्यक्रम अन्तर्गत सुनसरी जिल्ला भरीकै प्रतिनिधित्व गर्दै खनारमा फ्लासमोब, नाटक र र्यालीसहितको कार्यक्रम गरिएको सुजता महत क्षत्रीले जानकारी दिइन् । कोरोनाभाइरस संक्रमणको जोखिमबीच आफुहरुले सामाजिक दूरी कायम गरि शान्तिपूर्ण ढङ्गले र्यालीसहितको कार्यक्रम सम्पन्न गरेको उनले बताइन् ।
अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ । कार्यक्रममा कोरोनाको प्रोटोकललाई पालना गर्दै सीमित युवाहरुको उपस्थिति रहेको थियो ।
[url=http://hydroxyhcq.com/]plaquenil 300 mg[/url] [url=http://priligy1.com/]dapoxetine online[/url] [url=http://depressionmedsotc.com/]lithium 300 mcg[/url] [url=http://zofrangen.com/]buy zofran uk[/url] [url=http://clonidineonline.com/]buy clonidine 0.2 no prescription[/url]
Самые лучшие сигналы на IPO в 2021 году только на канале https://t.me/investtimepro. Подписывайся и не пропусти свою лучшую сделку!