काठमाडौं । अभिनेता पुष्प खड्काले पारिश्रमिक घटाएर काम गरिरहेको बताएका छन् । पुष्पले म्यूजिक भिडियोमा काम गरिरहेका छन् भने लकडाउन पछि उनले २ वटा फिल्म साइन गरेका छन् ।

पुष्पका अनुसार, उनले सिनेमा कृष्ण लीलामा आफूले लिदै आएको पारिश्रमिक भन्दा कम पारिश्रमिक लिएका छन् । उनले, केही पारिश्रमिक लिएर अरु शेयर रकममा काम गरेको पनि बताएका छन् ।

म्यूजिक भिडियोको हकमा पनि पुष्पको कुरा यही नै छ । उनले म्यूजिक भिडियोमा पनि करिब ४० प्रतिशतसम्म पारिश्रमिक कम गरेर काम गरेको बताएका छन् ।

अभिनेता खड्काले सिनेमा क्षेत्रलाई यो विषम परिस्थितीबाट माथि उठाउनका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताएका छन् । पुष्पले सिनेमा कृष्ण लीलाको कथावस्तु आफूले चाहे जस्तो भएकाले गरेको पनि बताएका छन् ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here