इटहरी । कोरोना कहरका विच पनि इटहरीमा विकासका काम धमाधम भइरहेको छ । अहिलेसम्ममा चार वटा वडामा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरी वडा नम्वर ११ र १३ मा स्वास्थ्य इकाई भवन शिल्यान्सास गरिएको छ । वडा नम्वर १३ स्थित स्वास्थ्य इकाई भवनको प्रमुख द्धारिकलाल चौधरीले शिल्यान्साय गरे ।
वडा नम्वर ११ मा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गरे । इटहरीका सवै वडाहरुमा स्वास्थ्य इकाई पुरयाउने लक्ष्यका साथ स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको हो । अहिले सम्म इटहरीका ४, १९ ११ र १३ वडामा भवन शिल्यान्यास गरिसकिएको छ । इटहरीका १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण गरिने छ ।
अरु वडाहरुमा अहिले सरकारी स्वास्थ्य संस्था संचालित छन । स्वास्थ्य इकाई शिल्यान्यास गर्दै प्रमुख चौधरीले इटहरीका नागरीकलाई उपमहानगरवासी भएको अनुभूत हुने गरि विकासका कार्य भइरहेको जानकारी दिए । जनसहभागितामा इटहरीले विकासको गति लिएको जनाउदै प्रमुख चौधरीले स्वास्थ्य इकाइ भवन निर्माणमा पनि स्थानीयको उल्लेख्य सहयोग रहने अपेक्षा गरे ।
यहि आर्थिक वर्षमा १४ वटा वडामा भवन निर्माण सकेर शेवा सुचारु गरिने उपप्रमुख लक्ष्मी गौतमको भनाई छ । स्वास्थ्य इकाईका लागि आवश्यक पर्ने फर्निचरहरु खरिद गरिसकिएको उनले जानकारी दिइन् ।

















