रामधुनी । सञ्चारकर्मी मनोज दाहालको तिहार बिशेष म्युुजिक भिडियो रमाइलो तिहार सर्बजनिक भएको छ । दाहालकै शब्द तथा संगीत रहेको गीतको निर्माण भने बिरेन्द्र दंगालले गरेका हुन् ।

गीतको स्वरमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छिन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज भने रुद्र श्रेष्ठले गरेका छन् ।

इटहरीमा छायांकन भएको भिडियोको नृत्य निर्देशन तथा निर्देशन बिकल श्रेष्ठले गरेका हुन् भने सम्पादन पनि उनै निर्देशकले गरेका हुन् । भिडियोको छायांकनभने कवल बिस्वासले गरेका हुन् ।

भिडियोमा गायक दाहालसँगै अंशु अधिकारी,धिरज पुरी, बिजया नेपाल,बाबुुराम सुुबेदी,गणेश निरौला,एस बि अनुुरागी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here