अनमोल र सुहानाको ए मेरो हजुर ३ सार्वजनिक

काठमाडौं । हलमा चलेको डेढ बर्षपछि सिनेमा ए मेरो हजुर ३ युटुबमा आएको छ ।

यो सिनेमालाई बुढासुब्बा मुभिजबाट रिलिज गरिएको हो । झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा बनेको यो सिनेमाले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो ।

सिनेमा ए मेरो हजुर ३ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । सिनेमा ए मेरो हजुर ३ को गीतसंगीत, कथावस्तु र कलाकारको अभिनयलाई दर्शकले मन पराएका थिए ।

सिनेमा ए मेरो हजुर ३ युटुबमा रिलिज भएको छ भने ए मेरो हजुर ४ को छायांकन भैरहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here