केकीले नयाँ फिल्म बनाउँने

काठमाडौं । अभिनेत्री केकी अधिकारीले नयाँ फिल्म बनाउने तयारी गरेकी छिन् ।

हाल, यो फिल्मका लागि वर्कशप चलिरहेको केकीले भनिन् । केकीका अनुसार यसपटक उनी सामाजिक कथावस्तुमा सिनेमा बनाउँदैछिन् । केकीले निर्माण गर्न लागेको सिनेमाका लागि यसपटक निर्देशक फेरिएका छन् ।

 

सिनेमा कोहलपुर एक्सप्रेसलाई विशाल भण्डारीले निर्देशन गरेका थिए । यसपटक भने निर्देशक परिवर्तन हुने केकीको भनाई छ । केकीइका अनुसार कथावस्तु गहन भएकाले यसपटक वर्कशप करिब ३ महिनाको हुनेछ ।

केकीले बनाएको पहिलो फिल्म कोहलपुर एक्सप्रेसलाई चोरीको आरोप लागेको थियो । उनी योबाट मुक्त हुने सोचमा यसपटक देखिएकी छिन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.