काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ये सँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९ सय ७७ जना पुगेको छ। त्यस्तै ३६ हजार ५ सय १४ जना हाल सक्रिय संक्रमित रहेका छन् ।

बिहिबार देशभर ३४ सय ३० जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ४८ हजार ४ सय ८ जना पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना बाटद हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १ हजार ५२ जना पुगेको छ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १३ हजार ६८ जनाको नमुना परीक्षण भएको छ। यो सँगै हालसम्म देशभर १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here