काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीको समयमा सुरक्षा सतर्कता अपनाउन भन्दै मुद्दा सुनुवाइमा पक्ष र विपक्षका दुई(दुईजना कानुन व्यवसायीले मात्र बहस गर्न पाउने नियम बनाएको छ ।
कात्तिक १८ गते सूचना जारी गर्दै सर्वोच्चका उपरजिस्टार देवेन्द्र ढकालले मुद्दा, रिट तथा निवेदनलगायतका विषयमा पक्षरविपक्षको तर्फबाट एक/एक प्रमुख कानुन व्यवसायी तथा एकरएकजना सहयोगी कानुन व्यवसायी मात्र उपस्थित भई बहस पैरवी गर्ने उल्लेख गरिएको छ ।
मंसिर ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार एकभन्दा बढी कानुन व्यवसायी भए अरुले बहस नोट मात्र पेश गर्न पाउनेछन् । बहस नोटलगायतका लिखत इमेल ठेगानाबाट पठाउने व्यवस्था गरेको छ ।
सर्वोच्चले इजलासमा बस्दा अब अनिवार्य मास्क लगाउने व्यवस्था पनि गरेको छ । मास्क लगाएर बोल्दा टाढासम्म नसुनिने समस्या हुन सक्ने भन्दै माइकको व्यवस्था समेत गर्ने भएको छ ।
इजलासमा सुनुवाइको पालो नआएका कानुन व्यवसायी एवं मुद्दाका पक्षहरु सर्वोच्च अदालत र बार एसोसिएशनको प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ ।
कोरोनाका कारण २०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि संकुचित हुँदै आएको अदालतको सेवा मंसिर २ गतेदेखि नियमित हुने भएको छ । मंसिर २ गतेदेखि सबै प्रकारका मुद्दा, रिट, निवेदन र प्रतिवेदनको नियमित सुनुवाइ हुने सर्वोच्चले सूचनामा उल्लेख गरेको छ ।
त्यसअघि मंसिर १ गतेसम्म महामारीको समयमा रोकिएका पुनरावेदन तथा रिट लगायतका निवेदनहरुको दर्ता तथा रिट निवेदनको प्रारम्भिक सुनुवाइ एवं बन्दी प्रत्यक्षीकरण अन्तरिम आदेशको छलफल, संवैधानिक इजलासमा पेश हुने रिट निवेदन, थुनुवा भएका मुछद्धा, निर्णय सुनुवाइ, हेर्दाहेर्दैमा रहेका मुद्दा, मुद्दा दोहो¥याइ पाउँ भन्ने निवेदन,, पुनरावेदनको सुनुवाइ, मुद्दा फिर्ता र मिलापत्रसम्बन्धी कारबाही र सुनुवाइ गर्ने जनाएको छ ।