कांग्रेसले गुमायो सूर्यबहादुर केसीलाई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् ।

पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए । नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here