इटहरी । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ९१ पुगेको छ । सोमबार २ सय ५९ जना कोरोना संक्रमित थपिए ।

सुनसरीमा ९२, मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोमबार ४४९ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा हिजो १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ६२ हजार ४१४ को पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here