काठमाडौं । निर्माता शोभित बस्नेतले दशैंको समयमा सिनेमा लक्ष्मी पूजा हलमा रिलिज गर्न नपाएपनि नाफा कमाएको बताएका छन् ।

शोभितले बनाएको यो सिनेमा एमजीमा बनेको थियो । बुढासुब्बाले एमजी दिएर बनेको सिनेमाका कारण पनि शोभित पहिले नै नाफामा थिए ।

उनले ३० लाख एमजी लिएर सिनेमा बनाएको बताए । जसमा सबैको पारिश्रमिक, मेकिङ खर्च राखेको शोभितले बताए । बुढासुब्बाले अर्को सिनेमा बनाउन पनि शोभितलाई आग्रह गरिसकेको छ ।

सिनेमाको ३० लाख उठेपछि शोभित र बुढासुब्बाले शेयर आधा आधा बाड्नेछन् । यसैले, उनले दशैंमा सिनेमा हलमा रिलिज नै नगरी पनि नाफा कमाएका छन् ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here