निर्माता छविराज ओझा फेरि फिल्म निर्माणमा फर्किने भएका छन् । केही वर्षदेखि सिनेमा निर्माण नगरेका छवि अब फिल्म बनाउँदैछन् । नेपाली फिल्ममा छविले बनाएका सिनेमाहरु असफल हुदैनन् भनिन्छ । छविले आफैले बनाएको हिट फिल्म कसले चोर्यो मेरो मनको सिरिज बनाउने तयारी गरेका हुन् । यो सिनेमाको कथा लेख्ने काम भैरहेको छ । कसले चोर्यो मेरो मन २ नाम राखेर बनाउन लागिएको सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । सविरले नै कसले चोर्यो मेरो मन बनाएका थिए । सिनेमा कसले चोर्यो मेरो मन २ लाई छविराजले नयाँ ब्यानरबाट बनाउनेछन् । उनले अभिनेत्री रेखा थापासँग अलग भएपछि छविराज प्रोडक्शनबाट सिनेमा बनाइरहेका थिए । सिनेमाका लागि नयाँ कलाकार राखिनेछ । कसले चोर्यो मेरो मनमा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here