रामधुनी । प्रदेश १ मा हिजो १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ । प्रदेश १ मा हिजो ७० जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेश एकका १० हजार १७९ जना ले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा हिजो ४४२ जनाको मात्रै पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here