रामधुनी । नेपालमा पछिल्लो २४ घण्टामा २८ सय ५६ जनामा संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ । आज ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । हाल आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ । आज ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

 

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here