रामधुनी । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।
बडादशैँको आठौं दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।
आजैका दिन राति कालरात्रि मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले बताए ।