गगनले भने, ‘प्रधानमन्त्री र ’रअ’ का प्रमुखबीचको भेट आपत्तिजनक’

काठमाडौं । नेपाली कांग्रेसका युवा एवं प्रभावसाली नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ’रअ’ का प्रमुख सामन्तकुमार गोयलबीचको भेट आपत्तिजनक भएको बताएका छन् ।

सांसद थापाले विज्ञप्ति निकालेर नै प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका छन् ।

परराष्ट्र मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको थापाले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।

गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि आलोचना भइरहेको छ ।

ImageImage

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here