कोरोना संक्रमित ढेड लाख नाघे, सक्रिय संक्रमित पनि आधा लाख नजिक

रामधुनी । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ढेड लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार शुक्रबार २६ सय ६८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

हाल ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्या ४६ हजार ६९१ छ । यस्तै क्वारेन्टाइनमा ३ हजार ५९० जना रहेका छन् ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.