विराटनगर । १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुको र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा नेपालीहरुको महान चार्ड विजया दशमी, दिपावाली लगायतका चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका सिमावर्ती अपराधहरु हुन गर्न नदिन कडाईका साथ लक्षीत शुरक्षा योजना लागु गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कोभिड १९ को मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गरेका छन् ।