इटहरी । पाथिभरा ट्रेडिङले इटहरीमा टनवाल ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्री वितरण सुरु गरेको छ । बिहिबार प्रदेस नम्बर १ को आधिकारिक वितरक पाथिभरा ट्रेडिङले विद्युतिय टनवाल ब्राण्डका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
नेपालीहरुको महान् चाड दशै तिहार तथा छठ पर्वको अवसर पारेर विश्व बजारमा लोकप्रिय टनवाल ब्राण्डको इलेक्ट्रिक स्कुटर शोरूम पाथिभरा टे«डिङको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले उद्घाटन गरेका छन् ।
सोरूमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले विदेशबाट सवारीका लागि डिजल र पेट्रोल ल्याउनु पर्नेमा झन्झट हराउने तथा विधुतिय सवारीहरू आउन थालेपछी वातावरणमा समेत प्रतिकुल असर नपर्ने बताए । उनले विधुतिय सवारीहरूलाइ लक्षित गरी चार्जीगं सेन्टरहरू पनि ठाउँठाउँमा निर्माण गनुपर्ने बताए ।
सो विद्युतीय स्कुटर एक पटक चार्ज गरेपछि सिंगल बेट्रीबाट ८० किलो मिटर भन्दा माथि माइलेज दिने र डबल बेट्री बाट १२० किलो मिटर भन्दा माथि माइलेज दिने पाथिभरा ट्रेडिङका सञ्चालक भिम कुमार श्रेष्ठले जानकारी दिए ।
पाथीभरा ट्रेडिगंले भित्र्याएको टनवाल ब्राण्डको स्कुटरका विशेसताहरु पेट्रोल नलाग्ने हुँदा रकम बचत हुने मोविल फिल्टर नचाहिने आवाज रहित वाषिर्क सडक कर नलाग्ने जस्ता आथिर्क रूपमा फाइदा जनक रहेको पाथीभरा ट्रेडिगंका सञ्चालक श्रेष्ठले जानकारी दिए ।
सोरूम उद्घाटनकै समयमा ११ वटा स्कुटर बुकिङ भइसकेको सञ्चालक श्रेष्ठले जानकारी दिए । नेपालीहरुको महान् चाड दशै, तिहार तथा छठ पर्वको अवशरमा विषेश छुटको व्यवस्था रहेको पाथिभरा ट्रेडिङकी भारती श्रेष्ठले जानकारी दिईन् ।