अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

मोरङ । अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

भारतिय सिमा एरियाहरुमा खटिएको प्रहरी टोलीले २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको हो भनि विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौक स्थितबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरु बरामद गरेको हो ।

प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ । जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाई छीपाई स्टोर गरी राख्दै आएका थिए ।

उनलाई भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.