इटहरी । इटहरी उपमहानगरपालिकामा गैरकानुनी ढंगले संचालन गरिएको पोलिक्लिनिकमा तालावन्दी गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा विराट पाथीभरा पोलिक्लिनकमा तालावन्दी गरिएको हो ।
दर्ता नै नगरि गैरकानुनी तरिकाले अस्पतालकाका रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले वताइन् । सो पोलिक्लिनिक वाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले वताए ।
अस्पतालहरुको अनुगमनका क्रममा हिजो इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रा ली, कलस फार्मेसी लगायतका ५ वटा फार्मेसी तथा मेडिकलहरु अनुगमन गरिएको छ ।
सो क्रममा केहि फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खादयपुरक समाग्री वेच्न राखिएको समेत पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले वताए । मापदण्ड पूरा नगरेकाहरुलाई सुधार गर्न निर्देशन दिइएको उपमेयर गौतमले जानकारी दिइन् ।