दशैं भत्ता फिर्ता गर्न पार्टीका सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिइका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गर्न पनि कांग्रसले सरकारसंग आग्रह गरेको छ ।

सरकारले पछिल्लो पटक सर्बोच्चको समेत आदेश कुल्चदै पीसीआर परीक्षण आफैं गर्न तथा विपन्न र अग्रपंतिमा खटिने वाहेकले सबैले उपचार खर्च बेहोर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ ।

जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.