रामधुनी । अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ ।
भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो ।
साथै सामान ल्याउन प्रयोग गरिएको दुई वटा टेम्पो समेत नियन्त्रणमा लिईएको छ । बरामद गरिएको सामान र टेम्पो समेत लाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाईएको छ ।