धरानमा थपिए १ सय १३ जना संक्रमित

धरान । पछिल्लो २४ घण्टामा धरानमा १ सय १३ जना संक्रमित तपिएका छन् ।

गत सोमबार धरानको एन्फा एकेडेमीमा संकलन गरिएको स्वाब र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिइएको स्वाबको पीसीआर परीक्षणबाट एक सय १३ जनामा कोरोना भाईरस पष्टि भएको हो ।

एन्फामा ४९ जनाको स्वाब संकलन गरिएको मध्ये २७ जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

अन्य भने बीपी प्रतिष्ठानको हेल्प डेस्कबाट संकलन गरिएको स्वाबको रिपोर्ट रहेको उनले बताए । एन्फामा मंगलबार २ सय १९ जनाको स्वाब संकलन गरिएको छ ।

By खेमराज सापकाेटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.