मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

एजेन्सी । मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुन्छन् । यसको अर्थ तीनै ग्रह १८० डिग्रीको कोणमा हुने छन् ।

यो घटनालाई खगोलीय भाषामा मंगलग्रहको ‘अपोजिशन’ भनिन्छ । यो घटना हरेक २६ महिनामा हुन्छ । नासाका अनुसार मंगल ग्रह र पृथ्वी हरेक २६ महिनामा नजिक आउँछन् । यसको अर्थ सन् २०२२ को डिसेम्बरमा पनि दुई ग्रह नजिक आउने छन् ।

मंगलग्रहको अपोजिशन आज हुँदै गरेको भए पनि गएको मंगलबार अर्थात अक्टोबर ६ मै मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । त्यसबेला दुई ग्रहबिचको दूरी ३८.६ मिलियन माइल थियो ।

अब सन् २०३५ सम्म मंगलग्रह पृथ्वीको यति नजिक आउने छैन । यसअघि सन् २००३ मा मंगलग्रह र पृथ्वीबिचको दूरी ३४.८ मिलियन माइल भएको थियो ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.