इटहरी । इटहरी उपमहानगरपालिका भित्रका मासु पसलेले नागरिकको स्वास्थमाथी गम्भिर खेलवाड गर्ने गरेको पाइएको छ । मासु पसलेले पसलमा सडेको मासु समेत राखेको पाइएको हो ।
उपमहानगरपालिकाले १२ वटा मासु पसलको अनुगमनका क्रममा आइतवारेको एउटा पसलमा व्रोइलर कुखुराका मासु सडन लागेको अवस्थामा भेटिएपछि जफत गरि नष्ट गरिएको छ । आइतवारे र वसपार्क छिर्ने रोड देखि वीपी चौक आसपासका मासु पसल अनुगमन गरिएको हो ।
इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईका अनुसार वीपी चौक छिर्ने सडक छेउछाउका मासुपसलहरुमा असुरक्षित तरिकाले खुल्ला ठाँउमा वेचविखन गरेको पाइएकाले तीन दिन भित्र जाली लगाउन निर्देशन दिइएको छ ।
आइतवारेका मासु पसलहरु सन्तोषजनक पाइएको तर एउटा पसलमा भने सडन लागेको कुखुराको मासु पाइएकाले जफत गरिएको शाखा प्रमुख भट्टराईले जानकारी दिए ।