बाँके । गाईको मासुसहित बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेका छन् ।
उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएकोे इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।
अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचना पाउना साथ त्यहाँ पुगेको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
घटनाको विषयमा थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताए ।