काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि फेरि लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ ।
नागरिकस्तरबाट सरकारले गरेका आग्रहको अवज्ञा भए फेरि लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवन रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।
अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए ।
चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको बताए । लकडाउन गर्नेनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए ।
उनले सङ्क्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल समेत गरेका छन् । । काठमाण्डौ उपत्यकामा ६० प्रतिशत बढी सङ्क्रमित देखा पर्न थालेको भन्दै मन्त्री ज्ञवालीले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले सङ्क्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरेका छन् ।
दशैँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र सङ्क्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरेका छन् । ज्येष्ठ नागरिकहरुको सुरक्षा महत्त्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सानो लापर्वाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरेका छन् ।
[url=http://buyalbenza.com/]albendazole tablets online[/url] [url=http://viagrasil.com/]sildenafil 50 mg tablet buy online[/url] [url=http://levitralot.com/]vardenafil 20 mg coupon[/url]
[url=http://trazodonepill.com/]trazodone 30 mg[/url] [url=http://kamagraotc.com/]kamagra oral jelly qatar[/url] [url=http://wellbutrinpill.com/]bupropion 300 mg price[/url] [url=http://brandsuhagra.com/]buy suhagra 100[/url] [url=http://cymbaltadlx.com/]how much is cymbalta[/url]
Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!
Заработок, благодаря рекламе в Pinterest https://youtu.be/vrlMJu5BaQI от 7000 до 100 000 usd в месяц в Etsy