रामधुनी । भाटभाटेनी सुपरमार्केटमा सनराइज बैंकको डेविट कार्ड र क्रेडिट कार्डबाट सामान खरिद गर्दा ग्रहकले विशेष छूट पाउने भएका छन् ।
बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि यस्तो योजना ल्याएको हो । नेपालीहरुको महान चाडपर्व तथा आफ्नो १३ बार्षिक उत्सवको अवसरमा यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
यस अन्तरगत सामान खरीद गरि कार्ड मार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रतिकारोबार अधिकतम रू. ५०० सम्म तत्काल छूट पाउने बताइएको छ ।
यो योजना असोज २५ (आज) देखि कार्तिक ११ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।