रामधुनी । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
शनिबार देशभर १९ हजार ३ सय २० जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १२ सय २९ जना रहेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् ।
जसमध्ये प्रदेश १ मा १ हजार ४ सय ७७ जना, प्रदेश २ मा ५ सय ९ जना, बागमती प्रदेशमा ९ हजार १ सय ३ जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७२ जना, कर्णाली प्रदेशमा ५ सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १४ जना संक्रमितहरु रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार १ सय ६४ जना रहेको मन्त्रालका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।
जसमध्ये प्रदेश १ मा २ हजार १ सय ६४ जना, प्रदेश २ मा ५ सय ७९ जना, बागमती प्रदेशमा ११ हजार २ सय ६ जना, गण्डकी प्रदेशमा ५ सय ८० जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४ जना, कर्णाली प्रदेशमा ४ सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना रहेका छन्।